तेह्रथुम आइपुगे बालेन,भोलि धनकुटा आउने
तेह्रथुम,९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह शुक्रबार ताप्लेजुङ हुँदै पाँचथरबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुम पुगेका छन् ।
त्यहाँका जनसमुदायले शाहको भब्य स्वागत गरेका छन् ।
भोलि शाह धनकुटा आउने भएका छन् ।
भोलि नै दिनको २:३० बजे धनकुटामा शान्तिपूर्ण र्याली सहित बजार परिक्रमा गरिने रास्वपा धनकुटाले जनाएको छ ।
नेता बालेन झापा ५ बाट आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार समेत हुन् ।


