संखुवासभाको धर्मदेबी ३ स्थित मुढे बजार आइपुगे रास्वपा वरिष्ठ नेता बालेन शाह

संखुवासभा,१० माघ । काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आज शनिबार संखुवासभाको धर्मदेबी नगरपालिका–३ स्थित मुढे बजार आइपुगेका छन्।

फागुन २१ गते हुने निर्वाचनको प्रचारप्रसार कार्यक्रम अन्तर्गत झापाबाट इलाम हुँदै पाथीभराको दर्शन सम्पन्न गरी तेह्रथुमका विभिन्न कार्यक्रममा सहभागी भएका शाह आज संखुवासभा प्रवेश गरेका हुन्।

मुढे बजारमा आइपुगेपछि उनले रास्वपा संखुवासभाका स्थानीय नेता तथा उम्मेदवारहरूसँग मुढेमा रहेको सूर्य होटलमा भेटघाट गरेका छन्।

भेटघाटपछि शाह पुनः तेह्रथुमतर्फ फर्किएका छन्। तेह्रथुमको म्याङ्लुङ र बसन्तपुर क्षेत्रमा उनले सर्वसाधारण, नेता तथा कार्यकर्तासँग खुला भेटघाट गर्दै जनताको प्रतिक्रिया सुनेका बालेनले धर्मदेबी नगरपालिका क्षेत्रमा भने सर्वसाधारणले भेट्न चाहँदा पनि सुरक्षाको विषयलाई कारण देखाउँदै उनले प्रत्यक्ष भेटघाट नगरी फर्किएका छन् ।

बालेन शाहलाई भेट्न भनेर बिहानै मुढे बजार आएर कुरेका समर्थकलाई समेत सुरक्षा व्यवस्थापनका कारण देखाउदै शाह नभेटी फर्किएका छन् ।

शाह आफू पहिलो पटक संखुवासभा आएपनि संखुवासभाको बारेमा रुद्राक्षमा परिचित रहेको र पर्यटन क्षेत्रमा ठूलो सम्भावना भएको जानकारी रहेको स्मरण गराउदै करोडौं नेपालिहरु यहाँ आउने वातावरण बनाउन उम्मेदवार मिङमा शेर्पालाई अनुरोध समेत गर्नुभएको छ।

मुढे बजारमा भएको छोटो बसाइका क्रममा स्थानीय मतदाता तथा समर्थकहरूको उल्लेख्य चासो देखिएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।