सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प उर्लाबारी कोशी प्रदेशमै उत्कृष्ट घोषित

उर्लाबारी । सशस्त्र प्रहरी बल नेपालद्वारा गरिएको केन्द्रीय निरीक्षण तथा उत्कृष्ट इकाइहरूको योग्यताक्रम निर्धारणमा सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प, उर्लाबारी कोशी प्रदेशकै उत्कृष्ट सुरक्षा बेस घोषित भएको छ।

इकाइहरूको योग्यताक्रम निर्धारण सम्बन्धी स्थायी आदेश–२०८० बमोजिम कोशी प्रदेशअन्तर्गत रहेका ५६ वटा सुरक्षा बेसहरूमा गरिएको निरीक्षणका क्रममा उर्लाबारीस्थित सुरक्षा बेस क्याम्पले सबै सूचकमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको हो।

उक्त उपलब्धिको अवसरमा २५औँ सशस्त्र प्रहरी दिवस (रजत महोत्सव) का अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली, सुनसरीमा आयोजित विशेष समारोहमा सुरक्षा बेस क्याम्प उर्लाबारीलाई उत्कृष्ट इकाइको रूपमा घोषणा गरिएको थियो।

सुरक्षा बेस क्याम्पका इन्चार्ज प्रहरी निरीक्षक दिलीप बस्नेतका अनुसार निरीक्षणका क्रममा संगठनात्मक कार्यक्षमता, अनुशासन, सेवा प्रवाह, सुरक्षा व्यवस्थापन तथा जिम्मेवारी निर्वाहलगायतका मापदण्डका आधारमा मूल्याङ्कन गरिएको थियो। ती सबै सूचकमा क्याम्पले उत्कृष्ट नतिजा हासिल गरेको उनले जानकारी दिए।

क्याम्प उत्कृष्ट ठहरिएसँगै निरीक्षक बस्नेतलाई ट्रफी तथा प्रशंसा पत्र प्रदान गरिएको थियो।

उर्लाबारी सुरक्षा बेस क्याम्पको सो उपलब्धिले स्थानीयस्तरमा शान्ति, सुरक्षा र जनसेवामा सशस्त्र प्रहरी बल नेपालको प्रतिबद्धता थप सुदृढ बनेको विश्वास गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।