पवन आलोक नियात्रा सम्मान २०८१ नियात्राकार निर्मोही व्यासलाई

काठमाडौ । पवन आलोक नियात्रा सम्मान २०८१ नियात्राकार निर्मोही व्यासलाई समर्पण गरिएको छ।

माघ ९ गते सरस्वती पूजाका दिन नियात्रा समाज नेपालद्वारा आयोजित एक विशेष कार्यक्रममा उक्त सम्मान समर्पण गरिएको हो। नियात्राकार पवन आलोकका नाममा उनकी धर्मपत्नी रेखा कँडेलद्वारा स्थापना गरिएको पवन आलोक नियात्रा पुरस्कार नामको पुरस्कार यसै वर्षदेखि सम्मानका रूपमा परिवर्तन गरिएको र नगद राशि रू २५,००१/- बाट बढाएर रू ५०,००१ /- पुर्याइएको छ।

नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाई सभापति रहनु भएको कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व नियात्रा लेखक घनश्याम राजकर्णिकार रहेका थिए। अन्य आमन्त्रित व्यक्तित्वहरूमा समाजका पूर्व पदाधिकारीहरू चन्द्रप्रसाद भट्टराई र प्रतीक ढकाल, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, इल्या भट्टराई तथा सम्मानका संस्थापक रेखा कँडेल रहेका थिए। नियात्राकार निर्मोही व्यासलाई सम्मान समर्पण गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व घनश्याम राजकर्णिकारले आफूले पनि आधा शताब्दीदेखि यसै विधामा लेख्दै आएकोले ज्यादै खुशी लागेको बताए।

नियात्राकारलाई सम्मान गरेर संस्था नै सम्मानित भएको बताउँदै उनले सम्मान स्थापनाकर्ता रेखा कँडेललाई धन्यवाद पनि दिएका थिए। सभापतिको आसनबाट बोल्दै नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईंले धन भन्ने कुरा भोग गर्ने र दान गर्ने हो। रेखा कँडेलले पनि धन दान गरेरै सम्मानको काम गरेको बताउँदै दान गर्ने संस्कार वृद्धि हुँदै जाओस् भन्ने कामना पनि प्रकट गरेका थिए।

कार्यक्रममा सम्मान स्थापनाकर्ता रेखा कँडेलले स्वास्थ्यका कारण आफ्नो मन्तव्य वाचन गर्न असमर्थ भएकोले उनको लिखित मन्तव्य समाजकी महासचिव भवानी खतिवडाले वाचन गरेर सुनाएकी थिइन्। सम्मानित व्यक्तित्व निर्मोही व्यासले आफ्नो लेखन यात्राबारे बोल्दै २०१७ सालदेखि साहित्य लेखनमा लागेको र पहिलो रचना पनि नियात्रा नै रहेको बताएका थिए । स्रष्टा तारानाथ शर्मा तथा बालकृष्ण पोखरेलको स्मरण गर्दै नियात्राकार व्यासले ती दुई व्यक्तित्वबाट आफूलाई अमोध आशीर्वाद प्राप्त भएको कुरा पनि बताए।मन्तव्यका क्रममा उनले आफ्नो एउटा कविता पनि कण्ठस्थ वाचन गरेर सुनाएका थिए।

कार्यक्रममा समाजका पूर्व अध्यक्षहरू चन्द्रप्रसाद भट्टराई, प्रतीक ढकाल,नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन तथा पवन आलोक नियात्रा पुरस्कारबाट सम्मानित भइसकेकी ईल्या भट्टराईले नियात्राकार व्यासको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पार्दै शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीले स्वागत मन्तव्य राखेका थिए।

मन्तव्यका क्रममा उनले नियात्राको अध्ययन गर्ने, विश्लेषण गर्ने सिद्धान्त बनाउनु पर्ने कुरामा जोड दिँदै नेपाली भाषामा लेखिएका नियात्रा कृतिहरूलाई अन्य भाषामा समेत अनुवाद गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउनु पर्ने कुरा बताए। पुतलीसडकस्थित ग्रीनलीफ रेष्टुरेन्टमा भएको कार्यक्रमको सहजीकरण तथा सञ्चालन समाजकी महासचिव भवानी खतिवडाले गरेकी थिइन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।