ताप्लेजुङका दुई नेतामाथिको कारवाही एमालेले गर्यो फुकुवा

ताप्लेजुङ, माघ १० । नेकपा एमालेले ताप्लेजुङका दुई नेताहरूमाथिको कारवाही फुकुवा गरेको छ ।

कारवाही फुकुवा हुनेमा एमाले ताप्लेजुङका पूर्वअध्यक्ष तथा कोशी प्रदेश कमिटी सल्लाहकार सदस्य बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमू रहनु भएको छ । एमाले कोशी प्रदेश कमिटीले पुस ९ गतेको मितिबाट कारवाही फुकुवा भएको पत्र पठाएर सो जानकारी दिएको हो ।

एमाले कोशी प्रदेश कमिटीले कार्वाही फुकुवाको बोधार्थ ताप्लेजुङ जिल्ला कमिटी र केन्द्रीय संगठन विभागलाई दिएको छ । मंसिर ११ गतेको पत्रले साम्सोहाङ र पोमूलाई १५ दिनको स्पष्टीकरण सोधेर कार्वाही गरेको थियो ।

साम्सोहाङ कोशी प्रदेश सरकारका पूर्वमन्त्री हुनुहुन्छ भने पोमू एमाले ताप्लेजुङका पूर्वउपसचिवको जिम्मेवारी सम्हालिसक्नु भएको नेता हो । फुकुवाको पत्र पाएपछि पोमूले सामाजिक सञ्जालमा ‘राजनीतिक यात्रामा छौं, कहिले ताली, कहिले गाली कहिले अपमान, कहिले मान सम्मान, स्वभाविक नै हो, तर म नेकपा एमाले पार्टीको नीति र विचारमा सधै प्रतिबद्ध हुनेछु पार्टीभित्रको सत्य र न्याय पक्षमा सतिसाल झै उभिनेछु’ लेख्नुभएको छ ।

यो संगै दरिलो संगठन भएको ताप्लेजुङ एमालेमा देखिएको किचलो सकिएर निर्वाचनमा एकता जुट्ने संकेत देखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।