काठमाडौ फर्किए बालेन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह पूर्वी नेपालका विभिन्न जिल्लाहरूको चुनावी अभियान सकेर शनिबार काठमाडौँ फर्किएका छन् ।

माघ ५ गते मधेस प्रदेशको राजधानी धनुषाको जनकपुरबाट आफ्नो चुनावी अभियान सुरु गरेका शाह धनुषाबाट सीधै झापा पुगेका थिए । झापा पुगेर शाहले माघ ६ गते आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । त्यसलगत्तै उनी कोशी प्रदेशका पहाडी जिल्ला इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा र धनकुटा जिल्लाका मतदाताहरूसँग सीधा भेटघाट गरेका थिए ।

बालेन आज सुनसरीबाट काठमाडौँ फर्किएका हुन् । कोशी प्रदेशमा रहँदा शाहले चुनावी कार्यक्रमअन्तर्गत कुनै पनि जिल्लामा औपचारिक भाषण वा सभा आयोजना गरेनन् । यस क्रममा उनी ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिरको दर्शनका लागि समेत पुगेका थिए ।

झापाबाट हिजो काठमाडौं फर्किदा उनका प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलमा गरिएको उनको टिममाथीको चेकजाँचलाई अपमान सम्झिए । बालेनको टिमले भने त्यस्तो महसुस नगरेको बताएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।