धनकुटाको पाख्रीवासमा समाजसेवी,जेष्ठ नागरिक र कृषकहरुलाई सम्मान

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ८ नं वडा कार्यालयले आज वडाका समाजसेवी,जेष्ठ नागरिक र कृषकहरुलाई सम्मान गरेको छ ।

वडाले एक कार्यक्रमको आयोजना गरि ८० जनालाई सम्मान गरेको हो। वडा नं ८ का वडाध्यक्ष गजेन्द्र बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी,जेष्ठ नागरिक तथा कृषकहरुलाई करुवा प्रदान गर्दै खदा ओढाएर सम्मान गरिएको हो ।

सम्मानित हुनुहुने व्यक्तित्वहरुलाई वडाध्यक्ष राई सहित वडा सदस्य गंगादेव राई,हेम गिरी,रेखा काफ्ले,रुपा परियार लगायतले खदा लगाई करुवा प्रदान गरि सम्मान गरेका थिए ।

कार्यक्रमको उद्देश्यको वारेमा वडा सदस्य गिरीले स्पष्ट पार्नु भएको थियाो भने स्वागत मन्तव्य वडा सदस्य गंगादेव राईले राख्नु भएको थियो । वडाको सम्मानले आफुहरुलाई खुशी लागेको र प्राेत्साहित गरेको सम्मानित जेष्ठ नागरिक तथा कृषकहरुले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖