घुम्न जाने होइन त धनकुटाको छथर जोरपाटीमा अवस्थित धोजे डाँडा ?(फोटो फिचर)
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउंपालिका अन्तर्गत पर्ने जोरपाटी बजार भन्दा केही माथि अवस्थित धोजे डाँडा रहेको छ ।
यो डांडा धरान धनकुटा,हिले, जोरपाटी, सिधुवा बजार हुँदै तेह्रथुम,संखुवासभा जाने सडक खण्डबाट ७५० मिटर माथि उकालो हिडेपछि पुग्न सकिन्छ ।
अहिले यो डांडामा पुग्ने गरि बनाईएको सिंढीको दुवै किनारमा नेपालको राष्ट्रिय झण्डा लगाइएको छ । नेपालमा वसोबास गर्ने विभिन्न जात जातिको साँस्कृतिक झण्डाहरु राखिएका छन् ।
समुन्द्र सतह देखि २ हजार २ सय ५० मिटरको उचाईमा रहेको धोजे डांडामा सिलाम साक्मा,खुर्पेटोको प्रतीक राखिएका छन् । यो डांडाबाट सगरमाथा, कुम्भकर्ण,कञ्चनजङ्घा,मकालु लगायतका हिम श्रृंखलाहरुको दृश्यावोलकन गर्न सकिन्छ ।
हेर्नुहोस् तस्बीरमा –










