धनकुटाबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ
धनकुटा,२४ माघ । धनकुटाबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका ६ का सुमन भुजेल रहेका छन् ।
माघ २३ गते जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा ६ औधोगिकग्राम स्थितबाट भुजेलको साथबाट २५४ पिस प्रतिबन्धित औषधी फेला पारी नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउ परेकाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।


