धनकुटामा चियासँग कविता कार्यक्रमको वार्षिकोत्सवको अवसरमा पत्रकार थापा सहित ४ जना पुरस्कृत

नारायण कुमार राई/धनकुटा, १ फागुन । जिल्लाकै पहिलो सामुदायिक रेडियो धनकुटा एफ.एम.धनकुटा द्वारा हरेक शुक्रबार सञ्चालन हुँदै आएको चियासँग कविता कार्यक्रमको वार्षिकोत्सवको अवसरमा शुक्रबार धनकुटाका क्रियाशिल पत्रकार ईश्वर थापा सहित ४ जनालाई पुरस्कृत गरेको छ ।

नेपाल टेलिभिजन धनकुटा संवाददाता ईश्वर थापा सहित अन्य ३ जना स्रष्टालाई बार्षिक समारोहमा सम्मान तथा पुरस्कृत गरेको हो ।

कार्यक्रमको समाचार सम्प्रेषणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै थापालाई नगत ५ हजार सहित चियासँग कविता साहित्य पत्रकारिता पुरस्कारले सम्मान गरिएको हो ।

यस्तै १५ हजार राशीको चियासँग कविता धनकुटा साहित्य रत्न पुरस्कारबाट कवि घनश्याम बराल औलालि, ५ हजार राशीको चियासँग कविता युवा साहित्य पुरस्कारबाट कवि तथा मुर्तिकार मञ्जुल मितेरी र ५ हजार राशीको चियासँग कविता नव प्रतिभा पुरस्कारबाट कवि दृष्टि श्रेष्ठलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

कार्यक्रममा चियासँग कविता संग्रह विमोचन गरिएको थियो । त्यसैगरी, चियासँग कविताको पहिलो श्रृङ्खलादेखि सहभागी सर्जकहरू तथा कार्यक्रम सञ्चालनका लागि आर्थिक, भौतिक र अन्य सहयोग पु¥याउने सहयोगीहरूलाई समेत सम्मान गरिएको थियो ।

वार्षिक उत्सवका अवसरमा आयोजना भएको वृहत कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमको उद्धाटन कपमा चिया खन्याएर गर्नुभएको थियो ।

बार्षिक उत्सबमा मुकुन्द प्रयास, केजी सुब्बा, द्वारिका रिजाल र रेखा क्षत्रीले विशेष कविता वाचन साथै गायकहरु भुवन डंगोल, गौरवनारायण राई, हेमु स्मृती, जुली खालिङको गायन र ध्रुव एलेक्सको नृत्य प्रस्तुति रहको थियो ।

साहित्यिक कार्यक्रम ‘चियासँग कविता’ हरेक शुक्रबार अझ निरन्तर आयोजना हुँदै जाने कार्यक्रमका संयोजक गोपाल बराइलीले जानकारी दिनुभयो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖