धनकुटाको साँगुरीगढी ९ मा शान्तिपूर्ण मतदान सम्पन्न, २ हजार बढी मत खस्यो
हिराराज राई, धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ मा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको मतदानमा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको घुइँचो लागेको थियो। स्थानीय स्रोतका अनुसार सुरक्षा व्यवस्था कडा पारिएको थियो भने मतदाताहरूले निर्धक्क रूपमा आफ्नो मतदान अधिकार प्रयोग गरेका थिए।
श्री सिंहकाली माध्यमिक विद्यालय आहाले मतदान केन्द्रबाट प्रत्यक्षतर्फ ५८५ र समानुपातिकतर्फ ५८७ गरी जम्मा १,१७२ मत खसेको छ। त्यसैगरी श्री जनकल्याण प्राथमिक विद्यालय हर्दिया मतदान केन्द्रबाट प्रत्यक्षतर्फ ४४४ र समानुपातिकतर्फ ४४५ गरी जम्मा ८८९ मत खसेको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।
उपलब्ध तथ्यांकअनुसार वडा नं. ९ बाट कुल २,०६१ मत खसेको छ। निर्वाचन अधिकृतले सबै मतदाताहरूलाई सुरक्षित र व्यवस्थित वातावरणमा मतदान गर्न पाउने व्यवस्था मिलाएका थिए।
स्थानियका अनुसार शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा मतदान सम्पन्न भएको भन्दै खुसी व्यक्त गरेका छन्।


