धनकुटामा पूर्वप्रधानमन्त्री ओलीको रिहाइको माग गर्दै प्रधानमन्त्री समक्ष जिल्ला प्रशासन कार्यालय मार्फत बुझाइयो ज्ञापन पत्र

नारायण कुमार राई, धनकुटा,१५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी धनकुटाले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाउँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत् एमालेले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पार्टीले पछिल्ला राजनीतिक घटनाक्रमप्रति आपत्ति जनाउँदै यस्तो माग अघि सारेको हो ।

ज्ञापन पत्रमा हालै सरकारद्वारा गठन गरिएको कथित छानबिन आयोगको प्रतिवेदनलाई आधार बनाएर गरिएको राजनीतिक गतिविधि र त्यसका आधारमा भएका पक्राउ प्रति गम्भीर असहमति जनाइएको छ ।

एमालेले उक्त प्रतिवेदन अपूर्ण, पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको दाबी गर्दै त्यसका आधारमा गरिएको कारबाही लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको उल्लेख गरेको छ ।

पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली लगायतकालाई गैरकानुनी रूपमा राजनैतिक प्रतिशोधमा गिरफ्तार गरिएको भन्दै तत्काल रिहाइ गर्न तथा झुटा मुद्दा फिर्ता लिन माग गरिएको छ ।

कथित छानबिन आयोगले पेश गरेको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेको दाबी गर्दै उक्त प्रतिवेदन तत्काल खारेज गर्न, निष्पक्ष छानबिनका लागि अधिकार सम्पन्न स्वतन्त्र न्यायिक आयोग गठन गर्न माग गरिएको छ ।

ज्ञापन पत्रमा छानबिन आयोगले पेश गरेको प्रतिवेदनलाई खारेज गर्न भदौ २४ को आन्दोलनका दोषीहरुलाई तुरुन्त कारवाहि गरेर निष्पक्ष छानबिनका लागि अधिकार सम्पन्न स्वतन्त्र आयोग गठन गर्न माग गरिएको छ ।
एमाले धनकुटाका अध्यक्ष शिव आङ्गला लिम्बूको हस्ताक्षरमा जारी उक्त ज्ञापन पत्रमार्फत पार्टीले लोकतान्त्रिक अधिकारको संरक्षण गर्न सरकारसँग आग्रह गरेको छ ।

प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा माग गरेर जुलुस एमालेका नेता तथा कार्यकर्ताहरुले केहि बेर प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका थिए । अध्यक्ष आङला सहित सहित एमालेका केन्द्रिय सदस्य तारा तितुङ लगाएतको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्कालाई पार्टीको ज्ञापन पत्र बुझाईएको थियो ।

ज्ञापन पत्र बुझदै खड्काले उक्त ज्ञापन पत्र गृह मन्त्रालय मार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाउने जानकारी गराउनुभयो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।