धनकुटाको पाख्रीबासमा निर्माणाधिन राधाकृष्ण मन्दिर सहयोगार्थ ‘एक ब्यक्ति कम्तिमा एक ईंटा’ अभियान
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका ४ स्थित सिमसार बौद्द मूर्ति नजिकै धार्मिक पर्यटन प्रवर्दनका लागि राधाकृष्ण मन्दिर निर्माणका लागि गत साउन २६ गतेबाटै औपचारिक रुपमा काम सुरु गरिएको छ ।
मन्दिर निर्माणका क्रममा संस्था संग रहेको नगद रकमबाट मन्दिरको जग खन्ने देखि ढलान,पिलरहरु उठाइसकिएको छ भने हाल रकम अभावमा मन्दिर निर्माण रोकिएको राधा कृष्ण मन्दिर निर्माण समितिका अध्यक्ष बिष्णु बिक्रम निरौलाले जानकारी दिए ।
मन्दिर निर्माणको अधुरो कार्यलाई निरन्तरता दिन समितिले सहयोग स्वरुपमा ‘एक ब्यक्ति कम्तिमा एक ईंटा’ अब तपाई हाम्रा नानी-बाबुको नाममा पनि मन्दिरमा ईंटा अभियान सुरु गरिएको अध्यक्ष निरौलाले बताए ।
उक्त अभियानमा सहभागी भइ सहयोग गर्न चाहनेले पाख्रीबास नपा ४ स्थित भट्टराई ट्रेडर्समा आइ आफ्नो नानी-बाबुको नाम टिपाई प्रति ईंटा रु ५० का दरले पैसा बुझाएर ईंटा किन्न सकिने साथै उक्त आफुले सहयोग गर्न चाहेको ईंटा खरिद गरेर सोही स्थानमा छोड्न सकिने पनि समितिले जनाएको छ ।
साथै उक्त मन्दिर निर्माणमा आर्थिक सहयोग गर्न चाहनेले तलको खातामा रकम जम्मा गर्न सकिने पनि समितिले जनाएको छ ।
बैकको नाम -Global IME Bank
खातावालाको नाम-Shreemadbhagawat Prachar Prasar Sewa Sangh
खाता नम्बर-19401010000024
उक्त मन्दिर श्रीमद् भागवत प्रचार-प्रसार सेवा संघ जिल्ला शाखा धनकुटाले निर्माण गर्न लागेको हो ।


