धनकुटाबाट लागुऔषध सहित एक जना पक्राउ
धनकुटा । धनकुटाबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन्।
पत्राउ पर्नेमा जिल्लाको सहिदभूमि गाउंपालिका ५ का ३१ बर्षिय राकेश राई रहेका छन् ।
गत चैत २३ गते सहिदभूमि गांउंपालिका ६ सानो माङ्फिम स्थित राईले चलाएको प्र-१-०२-०४८ प ४८९२ नम्वरको मोटरसाइकल रोकी चेकजाँज गर्ने क्रममा निजले बोकेको झोलाभित्र ट्रामाडोल ११ पत्ता (१०८ वटा क्याप्सुल)र स्पासरेष्ट ८ पत्ता (८० वटा ट्याब्लेट) बरामद गरी मोटरसाइकल सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
पक्राउ परेकाको जिल्ला अदालत धनकुटाबाट ५ दिन म्याद गरि थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


