धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने
धनकुटा,३ बैशाख । धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ ।
जिल्लाको ११ केभि जितपुर फिडर अन्तर्गत महालक्ष्मी नगरपालिकामा लाइनको वरिपरि लागेका रुख,हागा,बास तथा झाडी कटान (बुश कटिङ) गर्ने कार्य गरिने भएकोले रामबाजार,माङमाया ,बरडाडा लगायतका स्थानहरुमा बिद्युत सेवा अबरुद्द हुने नेपाल विद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।
बिद्युत बिहानको ८ बजेदेखि ११ बजेसम्म उक्त क्षेत्रमा अवरुद्द हुनेछ ।
समय अगाडि नै काम सकिएमा उल्लेखित समय अगाडीनै लाइन सुचारु हुने पनि प्राधिकरणले जनाएको छ ।


