धनकुटामा प्रहरीद्वारा आरोग्य दिवसको अवसरमा स्वास्थ्य सचेतना प्रभात फेरी
धनकुटा । धनकुटामा नेपाल प्रहरीले स्वास्थ्य सचेतना अभिवृद्दि गर्ने उद्देश्यले प्रभात फेरीको आयोजना गरेको छ ।
अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय धनकुटाले गत बुधवार कार्यक्रम सम्पन्न गरेको हो ।
जिप्रका धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
जिप्रका धनकुटा परिसरबाट सुरु भएको र्याली बजारका विभिन्न ठाउंको परिक्रमा गर्दै पु:न कार्यालय पुगेर समापन भएको थियो ।


