धनकुटा जिल्लाभित्र कुनै पनि स्थानमा गांजा खेती नगर्न तथा नगराउन प्रशासनको अनुरोध

धनकुटा,१५ बैशाख । धनकुटा जिल्लाभित्र कुनै पनि स्थानमा गांजा खेती नगर्न तथा नगराउन जिल्ला प्रशासन कार्यालय धनकुटाले अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काद्वारा हस्ताक्षरित जारी सार्बजनिक सुचना मार्फत उक्त अनुरोध गरिएको हो ।

उक्त सुचनामा भनिएको छ – लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम गांजा खेती, ओसार-पसार तथा बेचविखन गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाईएको व्यहोरा सर्वसाधारण सबैमा जानकारी नै छ ।

उक्त ऐनको व्यवस्था विपरीत कुनै पनि व्यक्तिले गाजा खेती गरेको, ओसार-पसार गरेको वा बेचविखन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा विदितै छ।

तसर्थ, जिल्लाभित्र कुनै पनि स्थानमा गाजा खेती नगर्न तथा नगराउन सम्पूर्ण सर्वसाधारणमा अनुरोध गरिन्छ । साथै यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालय, धनकुटामा तुरुन्त जानकारी गराउन समेत अनुरोध गरिन्छ ।

कानूनको पालना गर्नु सबैको कर्तव्य भएकोले यो सूचनाको पूर्ण कार्यान्वयनमा सहयोग पु-याउन हुन सबैमा अनुरोध छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖