धनकुटामा निर्वाचन प्रहरी लक्षित बारिस्टा (कफी बनाउने)तालिम सुरु

धनकुटा,२१ बैशाख । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई लक्षित गरी बारिस्टा (कफी बनाउने) तालिम सुरु गरिएको छ।

घरेलु तथा साना उद्योग कार्यालय, धनकुटाको आयोजनामा आजबाट सञ्चालन भएको १५ दिने तालिममा निर्वाचन सुरक्षामा खटिएका १७ जना निर्वाचन प्रहरी सहभागी छन्।

तालिम मार्फत सहभागीहरूलाई कफी बनाउने सीप, कफीको गुणस्तर व्यवस्थापन, ग्राहक सेवा तथा साना उद्यम सञ्चालन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।

निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरूलाई सीपमूलक तालिममार्फत अतिरिक्त आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खडकाले जानकारी दिए ।

खड्काले यस्ता तालिमले स्वरोजगार प्रवर्द्धनमा टेवा पुर्‍याउने र स्थानीय स्तरमै व्यवसाय विस्तारको सम्भावना बढाउने बताए। तालिमपश्चात सहभागीहरू कफी व्यवसाय सञ्चालन गर्न सक्षम हुने विश्वास लिइएको घरेलु तथा साना उद्योग कार्यालय, धनकुटाका प्रमुख मेघराज बस्नेतले बताए ।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतो, कान्तिपुर संवाददाता विनोद घिमिरे तथा छथर जोरपाटी गाउँपालिका–६ का कार्यवाहक अध्यक्ष ढुण्डीराज थापा लगायतको उपस्थिति रहेको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।