धनकुटा बजारमा दिउँसै लुटियो एक महिलाको सुनको सिक्री
धनकुटा,२५ बैशाख । धनकुटा बजारमा दिउँसै एक महिलाबाट सुनको सिक्री लुटिएको घटना सार्वजनिक भएको छ।
धनकुटाको मदनचोकमा सहिदभूमि गाउँपालिका–३ निवासी विष्णुमाया राईलाई बढी पैसा दिने भन्दै दुई जना युवाले प्रलोभनमा पारी उनको करिब एक तोला दुई आना सुनको सिक्री लिएर फरार भएका हुन्।
घटनाबारे जानकारी दिँदै धनकुटाका प्रहरी प्रमुख सरदकुमार थापा क्षेत्रीले सिक्री लिएर भाग्ने व्यक्तिहरूको तस्वीर बजार क्षेत्रमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको बताए। प्रहरीका अनुसार उनीहरू मोटरसाइकल प्रयोग गरेर फरार भएका छन्।
घटनापछि प्रहरीले संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ।


