धनकुटामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
धनकुटा । सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जेठ १ गते जिल्ला प्रहरी कार्यालय धनकुटाको सभाहलमा आयोजित उक्त कार्यक्रम धनकुटा नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय धनकुटाको सहकार्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा अपनाउनुपर्ने सावधानी, श्रम स्वीकृति, वैदेशिक रोजगारीमा हुने ठगी तथा मानव बेचबिखनका जोखिम, सुरक्षित र कानुनी प्रक्रियामार्फत विदेश जानुपर्ने विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।
सहभागीहरुलाई वैदेशिक रोजगारीमा जाने क्रममा आधिकारिक निकायबाट मात्रै प्रक्रिया अघि बढाउन तथा कुनै समस्या परेमा सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरिएको थियो । कार्यक्रममा स्थानीय सरोकारवाला निकाय तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।


