रास्वपा पाख्रीबास ३ को प्रथम वडा अधिबेशन सम्पन्न,सभापतिमा राई
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पाख्रीबास नगरपालिका–३ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले शरण कुमार राईको सभापतित्वमा ९ सदस्यीय वडा समिति सर्वसम्मत रूपमा चयन गरेको जनाएको छ। नवगठित समितिको उपसभापतिमा सानु तामाङ (पौडेल), सचिवमा धनबहादुर कटुवाल चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा अनु एम्पाङ राई, कमला निरौला, राजिव श्रेष्ठ, पर्वत मोक्तान तामाङ, हरि कटुवाल र वविन कटुवाल रहेका छन्।
त्यस्तै, नविन कटुवालको संयोजकत्वमा ३ सदस्यीय वडा RAT समिति पनि गठन गरिएको छ। समितिको सदस्यमा योगेन्द्र बस्नेत र बमबहादुर राई चयन भएका छन्।
बुधबार सम्पन्न अधिवेशन वडा तदर्थ समितिका सभापति शरण कुमार राईको सभापतित्वमा भएको थियो। कार्यक्रममा प्रदेश संगठन विभाग सदस्य शम्भु प्रसाद पाण्डे, जिल्ला सदस्य रुद्रबहादुर राउत तथा पाख्रीबास नगरपालिका सहसचिव एवं संगठन विभाग प्रमुख विष्णु विक्रम निरौला लगायतको उपस्थिति रहेको थियो।

