नेपाल पत्रकार महासंघ धनकुटाको १३औँ वार्षिक साधारणसभा जौटारमा सम्पन्न

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको १३औँ वार्षिक साधारणसभा पाख्रिबास नगरपालिका–३ जौटारमा सम्पन्न भएको छ ।

साधारणसभामा पाख्रिबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङ, महासंघका केन्द्रीय सदस्य कमल रिमाल, महालक्ष्मी नगरपालिकाका पूर्व नगरप्रमुख पर्शुराम नेपाल, नेकपाका धनकुटा संयोजक कुसुम श्रेष्ठ, नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, कोशी प्रदेश सचिव अरविन्द मेहता लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी महासंघका पूर्व केन्द्रीय सदस्य सरिता बराइली, संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई तथा पूर्व अध्यक्षहरू विजय सन्तोषी राई र राजेश्वर बहादुर श्रेष्ठ को समेत सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखा का अध्यक्ष विदुर खवास को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हरिबहादुर लम्जेल ले गर्नुभएको थियो ।

सोही अवसरमा शुक्रबारदेखि धनकुटामा सञ्चालन भइरहेको मोबाइल पत्रकारिता तथा मल्टिमिडिया तालिमका सहभागीहरूलाई दोस्रो दिन प्रयोगात्मक अभ्यासका लागि जौटार ल्याइएको थियो । कार्यक्रममा सहभागी पत्रकारहरूका लागि वनभोज कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

अध्यक्ष खवासले जौटार क्षेत्रको विकास तथा पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले साधारणसभा, पत्रकार तालिमको प्रयोगात्मक अभ्यास तथा वनभोज कार्यक्रम एकै स्थानमा आयोजना गरिएको बताउनुभयो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖