धनकुटामा गणतन्त्र दिवसको अवसरमा सरसफाई
धनकुटा, १४ जेठ । गणतन्त्र दिवस २०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटाले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नारायण रंजितकारको नेतृत्वमा धनकुटा नगरपालिका–६ स्थित निशान भगवती मन्दिर परिसरमा सरसफाई गरिएको हो।
साथै जिल्ला प्रहरी कार्यालय मातहतका विभिन्न प्रहरी इकाइहरूले समेत आ–आफ्नो क्षेत्रमा सार्वजनिक स्थल, मठ तथा मन्दिरहरूमा सरसफाई कार्यक्रम आयोजना गरेका छन्।
समुदायमा स्वच्छता तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।


