धनकुटामा रास्वपाको प्रथम जिल्ला अधिवेसन सुरु
नारायण कुमार राई/जेठ २४, धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम जिल्ला अधिवेशन धनकुटा नगरपालिका तल्लो कोप्चे स्थित कर्नर जोनमा सुरु भएको छ।
जिल्ला तदर्थ समितिका सभापति बालानन्द दाहालको अध्यक्षतामा भएको अधिबेशनमा पार्टीका संसदिय दलका सचेतक प्रकाश चन्द्र परियारले घण्टी बजाएर कार्यक्रमको उत्घाटन गर्नुभएको छ ।
नयाँ समितिको अध्यक्षको लागि भुवन थापा, मणि भुजेल,प्रजना राई,दिनेस भण्डारी लगायतका आकांक्षी रहेको पार्टी स्रोतले जानकारी दिएको छ ।


