देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बदलिएको राजनीतिक परिस्थितिले रास्वपालाई मुलुकको सबैभन्दा प्रभावशाली राजनीतिक शक्तिका रूपमा स्थापित गरेको दाबी गर्दै देश रास्वपाको हातमा सुरक्षित रहेको बताएका छन्।

रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले जनताले दिएको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गरे। उनले राजनीतिक शक्ति हासिल गर्नु दम्भ, प्रतिशोध वा अहंकार प्रदर्शन गर्ने अवसर नभई नागरिकप्रतिको दायित्व वहन गर्ने अवसर भएको बताए।

‘देश रास्वपाको हातमा छ, देश सुरक्षित छ,’ उनले भने, ‘बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। तर शक्तिशाली हुनु भनेको दम्भ र प्रतिशोधको लाइसेन्स होइन।’

लामिछानेले रास्वपा लोकतन्त्र, संविधान, मानवअधिकार र नागरिक स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा पार्टी दृढ रहने बताए।

‘लोकतन्त्रका स्थायी मान्यता, संविधान, मानवअधिकारलगायतका उपलब्धिको हामी जगेर्ना गर्नेछौँ,’ उनले भने, ‘हामी जिम्मेवारीका साथ उभिएका छौँ, त्यसैले अन्य राजनीतिक दलहरू निर्धक्क रहन सक्छन्।’

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖