रास्वपाको बन्दसत्र स्थगित, प्रतिनिधि कार्ड वितरणसँगै भोलिबाट सुरु हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत आजका लागि तय गरिएको बन्दसत्र स्थगित भएको छ। प्रतिनिधि व्यवस्थापनमा प्राविधिक ढिलाइ भएपछि महाधिवेशनको मुख्य कार्यसूची मानिएको बन्दसत्र स्थगित गरिएको हो।

पार्टीको प्रतिनिधि व्यवस्थापन उपसमितिले मंगलबार एक सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने तथा प्रतिनिधि कार्ड छपाइ गर्ने कार्यमा सोचेभन्दा बढी समय लागेकाले आजको कार्यक्रम स्थगित गर्नुपरेको जानकारी दिएको छ।

जारी सूचनाअनुसार, आज साँझ ७ बजेदेखि नै प्रिन्ट भइसकेका प्रतिनिधि कार्ड वितरण सुरु गरिने छ भने बाँकी कार्डहरू भोलि बिहान ७ बजेदेखि वितरण गरिनेछ। सबै प्रतिनिधिहरूले कार्ड प्राप्त गरिसकेपछि मात्र बन्दसत्रको औपचारिक कार्यक्रम सुरु हुनेछ।

पार्टीले महाधिवेशनलाई आफ्नो सर्वोच्च निकायका रूपमा लिएको भन्दै प्रतिनिधि व्यवस्थापन प्रक्रियामा कुनै विवाद नहोस् भन्ने कुरामा आफू प्रतिबद्ध रहेको जनाएको छ। साथै, यस ढिलाइका कारण महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति पार्टीले क्षमायाचना गर्दै धैर्यता र सहयोगका लागि आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖