कम्युनिष्टहरूको बिचमा सहकार्य नभए दुर्घटनामा परिन्छ, ढिलाई नगरौंः प्रचण्ड

काठमाडौं, १४ असार । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी बीचमा तत्कालै सहकार्यमा जोड गरेका छन् ।

 

नेकपा एमालेका संस्थापक महासचिव मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले तत्काल सहकार्य नगरे कम्युनिष्ट आन्दोलन नै धरापमा पर्ने चेतावनीसमेत दिएका छन् । छिमेकी भारतमा जस्तै नेपालमा पनि कम्युनिष्टहरूलाई सिध्याउने प्रयास भइरहेको पनि उनले जनाएका छन । 

 

‘भारतमा झै नेपालमा कम्युनिष्ट आन्दोलन सिध्याउँछौं भनेको सुनिन्छ, अहिले नेपालमा पनि के गरी सिध्याउन सकिन्छ भनेर लागेका छन, यही षडयन्त्रको परिणतिका रुपमा भदौ २४ भयो, चुनाव भयो,’ उनले भने, ‘त्यसैले यसलाई रोक्न राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंशुकताका विरुद्ध, फासिज्मका विरुद्ध, वैदेशिक दबाबका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ । कम्युनिष्टहरूको बिच सहकार्यमा अब ढिला गर्नुहुँदैन्, नत्र हामी सबै भयानक दुर्घटना पर्दैछौं ।’

 

‘मैले भोलि नै, आज बेलुकै पार्टी एकता गरौं भनेको छैन, सहकार्य गर्न सकिन्छ भने आजै गरौं भनेको हो । भरे सकिन्छ भने भरे गरौं । संसदमा, सडकमा, चुनावमा सहकार्य गरौं । सहकार्य गर्न जति ढिलो गर्यो त्यति भयानक दुर्घटना हुने वालाछ । सहकार्यका लागि ढिला गर्ने मनसाय राख्नु पनि दुर्भाग्यपूर्ण हुन्छ,’ उनले भने ।

 

उनले ‘नयाँ जनवाद’ भनेर बौद्दको भिक्षु झै घन्टी बजाईरहने काम गर्न छाडेर कम्युनिष्ट आन्दोलनमा क्रमभंगता गरेर अघि बढनु पर्ने उनको भनाई थियो। उनले कम्युनिष्टहरूका बिचमा एकता र सहकार्य हुन नसकेमा साम्राज्यबादी शक्तिहरूले खेल्ने पनि जनाए ।  

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖