बनस्थलीमा रास्वपाको नवनिर्वाचित केन्द्रिय समितिकाे बैठक जारी
काठमाडौं, १७ असार ।सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पहिलो केन्द्रीय समिति बैठक पार्टी मुख्यालय बनस्थलीमा सुरु भएको छ ।
चितवनमा भएको प्रथम महाधिवेशन पछि आज पार्टी मुख्यालयमा केन्द्रीय समितिको पहिलो बैठक बसेको हो ।
बैठक अघि पार्टी सभापति रबि लामिछानेले चितवन महाधिवेसनवाट नव निर्वाचित केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण गरेका थिए ।
रास्वपा पहिलो महाधिवेशनबाट ९९ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । सो महाविधेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले आज शपथ लिएका हुन् ।


