दार्चुलावासी प्रति हर्कराज राईको भावुक सन्देश : दार्चुला, मुटुभरी तिम्रै माया बोकेर फर्कदैछु
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले दार्चुला भ्रमण सम्पन्न गरी फर्किने क्रममा दार्चुलावासीप्रति भावुक सन्देश व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले दार्चुलाप्रति आफूमा गहिरो माया र आत्मीयता रहेको उल्लेख गर्दै त्यहाँका नागरिकको सुख–दुःखमा सधैं साथ रहने प्रतिबद्धता जनाएका छन्।
“दार्चुला… मुटु भरि तिम्रै माया र सम्झना बोकेर फर्कंदैछु। यो जुनीमा फेरि हाम्रो भेट होला नहोला थाहा छैन, तर फेरि भेट्ने कोसिस अवश्य रहनेछ,” उनले लेखेका छन्।
राईले आफू सरकारमा नरहे पनि दार्चुलावासीका समस्या र दुःखबारे सरकारलाई निरन्तर सम्झाइरहने बताएका छन्। उनले दार्चुलावासीको खुसीमा आफू पनि खुसी हुने र पीडामा सँगै रहने भाव व्यक्त गर्दै आफूले उनीहरूलाई कहिल्यै नबिर्सने उल्लेख गरेका छन्।


