वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्यो ::मेयर रिना साह

काठमाडौं, २० असार । रौतहटको मौलापुर नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर प्रधानमन्त्री वालेन शाह नेतृत्वको सरकारले बजेट फ्रिज गर्न लागेको गम्भिर आरोप मेयर रिना साहले लगाएकी छन् । 

कर्मचारी रिक्तता गराएर बजेट फ्रिज गराउने षडयन्त्रमा संघीय सरकार नै लागेको गम्भिर आरोप उनले लगाएकी छन । सञ्चारकर्मीसंग कुराकानीमा गर्दै मेयर साहले बजेट कार्यान्वयन र भुक्तानी गर्ने महत्वपूर्ण समयमा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाई स्थानीय तहलाई गतिरोध तर्फ धकेल्न खोजिएको र बजेट फ्रिज गराउने नियत राखिएको बताईन । 

यसअघि सामान्य प्रशासन मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले आफ्नो जिम्मेवारी पुरा नगरेपछि मन्त्रालय फिर्ता बोलाए पनि अर्को अधिकृत नपठाएर बजेट प्रिज गर्ने षडयन्त्र गरिरहेको उनको आरोप छ । 

मौलापुरको लोकप्रिय कार्यक्रममा रोक्न पनि संघीय सरकारले षडयन्त्र गर्दैआएको छ । नगरपालिकाद्वारा सञ्चालित जनमुखी तथा गौरवका आयोजनाहरू ‘फ्रि बिजुली, फ्रि पानी’ र ’छोरीसँग मेयर’ जस्ता लोकप्रिय कार्यक्रमहरूको भुक्तानी रोक्न संघीय सरकारले अनावश्यक तथा गैरकानूनी हस्तक्षेप गर्दैआएको छ । 

यसैगरी, मौलापुर नगरपालिकाद्धारा सञ्चालित कृषकलाई अनुदान, बहुपोषण कार्यक्रम प्रभावित हुनुका साथै शिक्षा, स्वास्थ्य, सरसफाई कार्यहरु समेत अस्तव्यस्त हुने बताइन्छ ।

यही बीच विवादका बीच सर्वोच्च अदालतले मौलापुर नगरपालिकामा विगत ८ वर्षदेखि दिइँदै आएको सिँचाइ तथा घरायसी विद्युत् र खानेपानीको शुल्क सुविधा तत्काल नरोक्न र उक्त सुविधालाई निरन्तरता दिन संघीय सरकारका विरुद्ध अन्तरिम आदेश जारी गरिसकेको छ । 

सामान्य प्रशासन मन्त्रालयले मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत ९उपसचिव० घिमिरेलाई चैत १६ गते सरुवा गरेको थियो । तर तीन महिनामा २० दिनमात्रै कार्यालयमा उपस्थित भएको र कार्यालयको काम नगरी वेपता भएपछि मन्त्रालयले उनलाई फिर्ता बोलाए पनि अर्को प्रशासकीय अधिकृत पठाइएको छैन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖