एमाले पुनर्गठन कार्यदलमा ओलीको पनि उपस्थिति
काठमाडौं २५ असार ।नेकपा एमालेको शुद्धीकरण, सुदृढीकरण तथा पुनर्गठन कार्यदलको बैठक जारी रहेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरको जारी बैठकमा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी रहेका छन् ।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले सबै प्रदेशबाट सुझाव सकंलनको काम सकेर प्रतिवेदन तयार पार्दैछ । कार्यदलको प्रतिवेदन माथि केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताइएको छ। जसका लागि चाँडै नै केन्द्रिय समिति बैठक पनि बोलाइदैछ ।


