राज्य संयन्त्र सरकार खुसी पार्न केन्द्रित हुँदा नागरिक असुरक्षित भएको कांग्रेस नेता महरको आरोप

काठमाडौं। नेपाली कांग्रेसका नेता नैनसिंह महरले राज्यका निकायहरू सरकारलाई खुसी पार्ने प्रतिस्पर्धामा नागरिकको अधिकार, सम्मान र सुरक्षालाई बेवास्ता गर्न थालेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल फेसबसकमा आफ्नो धारणा राख्दै महरले गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महरले यस्तो घटना कुनै एक व्यक्तिको मात्रै दुःखद् अन्त्य नभई राज्य सञ्चालनको शैलीप्रतिको गम्भीर चेतावनी भएको बताए। 

उनका अनुसार दुईतिहाइको सरकार गठन हुँदा जनताले स्थायित्व, सुशासन र सहज सेवा प्रवाहको अपेक्षा गरेका थिए। तर, व्यवहारमा राज्यका विभिन्न संयन्त्रले कानुनको सन्तुलित कार्यान्वयनभन्दा पनि सरकारलाई खुसी पार्ने उद्देश्यले आवश्यकताभन्दा बढी सक्रियता र कठोरता प्रदर्शन गरेको देखिएको उनको भनाइ छ।

महरले पुनर्स्थापनाको स्पष्ट योजना र पर्याप्त संवादबिना सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्यले नागरिकमा त्रासको वातावरण सिर्जना गरेको उल्लेख गर्दै यस्ता घटनाले जनविश्वास कमजोर बनाएको बताए। उनले गणेश नेपालीको आत्मदाहलाई पनि राज्यप्रतिको बढ्दो निराशा र असुरक्षाको संकेतका रूपमा व्याख्या गरे।

उनले सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा विस्थापित नागरिकको सम्मानजनक व्यवस्थापनका लागि स्पष्ट नीति ल्याउन माग गरेका छन्।

‘राज्यको पहिलो दायित्व नागरिकलाई डर देखाउनु होइन, विश्वास दिलाउनु हो। प्रशासनको सफलता आदेशको कठोरताले होइन, नागरिकको सम्मान र अधिकारको संरक्षणले मापन हुन्छ,’ महरले। उनले विकास जनताको सहभागिता, संवाद र संवेदनशीलताका आधारमा अघि बढ्नुपर्ने धारणासमेत व्यक्त गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖