शिक्षा र स्वास्थ्यको कर हटाउने प्रधानमन्त्री वालेनको निर्णयलाई प्रभु साहद्वारा स्वागत

 

काठमाडौं, ६ साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर नलिने सरकारको घोषणाको स्वागत गरेका छन् । 

अध्यक्ष साहले सामाजिक सञ्जालमार्फत  प्रधानमन्त्री बालेन्द्र शाहको उक्त घोषणालाई आफ्नो पार्टीले उच्च सम्मानसहित धन्यवाद ज्ञापन गरेको उल्लेख गरेका छन् । 

संविधानमा मौलिक हकको रूपमा ग्यारेन्टी गरिएको शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कर लगाउनु आफैँमा अनुचित भएको साहको भनाइ छ। आम नागरिकको भावना र मागलाई आत्मसात गर्दै सरकारले उक्त कर हटाउने निर्णय गर्नु सराहनीय कार्य भएको साहले जनाएका छन । 

साथै, आजपा अध्यक्ष साहले राइड सेयरिङ र बिजुलीको कर पनि खारेज गर्न माग गरेका छन्  । शिक्षा र स्वास्थ्यको कर हटाउने निर्णयको प्रशंसा गर्दै अध्यक्ष साहले अन्य क्षेत्रमा लगाइएका अनावश्यक करहरूतर्फ पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै अनावश्यक कर हटाउन माग गरेका हुन । 

सरकारले राइड सेयरिङ ९सवारी साझेदारी० र बिजुली महसुलमा ५ प्रतिशतको दरले मूल्य अभिवृद्धि कर ९भ्याट० लगाएको उल्लेख गर्दै साहले उक्त करलाई पनि तत्काल खारेज गर्न माग गरेका छन् । सर्वसाधारणको दैनिक जीवनसँग जोडिएका यी क्षेत्रमा कर थोपर्नु न्यायसंगत नभएकाले सरकारले यस विषयमा पनि छिट्टै विशेष निर्णय लिनेमा आफूहरू आशावादी रहेको साहले बिश्वास व्यक्त गरेका छन्  । 

देशमा सरकार पिच्छे सरकारले लिईरहेको थरीथरीका अनावश्यक कर हटाउन सुरुदेखि नै आजपाले बिरोध गर्दै आएको छ । यस अघि आजपाले सरकार पिच्छेको अनावश्यक करका विरुद्धमा आन्दोलन गर्दै आएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖