नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन
काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ।
हालै नवनियुक्त कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज जावलाखेल स्थित हेलिअस हस्पिटलमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार भोलि बिहान ८ः०० बजेदेखी ११ः ०० बजेसम्म नेपाली काङ्ग्रेस पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिने छ।
त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कार लगिनेछ।
पूर्वउपसभापति समेत रहेका नेता श्रेष्ठ पछिल्लो समय पेटको क्यान्सरबाट पीडित श्रेष्ठको स्वास्थ्य गम्भीर बनेको थियो ।


