नेपाल भुमी लिपुलेकवाट भारत र चीनबिच ब्यापार सुरू, पहिलो भारतीय टोली पुग्यो तिब्बत
काठमाडौं, १९ साउन । नेपाली भुमी लिपुलेकवाट भारत र चीनले ब्यापारिक गतिबिधि सुरूवात भएको छ ।
गत १ अगस्तवाट नेपाली भुमीवाट भारत र चीनले ब्यापारिक गतिबिधि सुरू गरेका हुन् ।
भारतीय तिब्बत ब्यापार संघकी अध्यक्ष जीवनसिंह रक्लीको नेतृत्वमा तक्लाकोट मण्डी पुगेका छन, जहाँ आवाश्यक ब्यापारिक काम गरेका छन । जानकारी अनुसार २० पञ्जिकृत ब्यापारी र ४ भरियासहित २० जनाको पहिलो टोली चीनको स्वशाषित क्षेत्र तक्लाकोट पुगेका थिए । उनीहरू सो दिन रात बिताएर भोलीपल्ट मात्रै भारत फर्केका थिए ।
यसअघि ताक्लाकोटमा परम्परागत ब्यापार गरिरहेका भारतीयलाई मात्रै चीनले पहिलो पटक ब्यापारको अनुमति दिइएको थियो । तर, भारतवाट भने कुनै ब्यापारिक समान लगेका थिएनन ।
भारतीय मिडियाका अनुसार धार्चुला उप जिल्ला अधिकारी शिष जोशीले बताए अनुसार गुञ्जी नाका रहेको अध्यागमन बिभागमा सबै प्रकिया पुरा गरेर उनीहरू चीनको तिब्बत भुमीमा पुगेका हुन । ३१ जुलाईमा भारतको अध्यागमन बिभागमा आवाश्यक प्रकिया पुरा गरे पछि १ अगस्तमा पहिलो टोली चीन प्रवेश गरेको उनले जानकारी दिए ।
र, अर्को ब्यापारिक टोली कहिले जानेछ भन्ने बारेमा अझै जानकारी दिइएको छैन्। भारतीय सिमा अधिकृतका अनुसार अर्को टोलीका बारेमा चिनियाँ पक्षसँग कुराकानी भइरहेको छ।
तर, यसबारेमा नेपालले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । नेपालले सो भुमी नेपालको भएको भन्दै भारत र चीनलाई ‘कुटनीतिक नोट’ पठाएको जानकारी परराष्ट्र मन्त्रालयले जानकारीदिए पनि भारत र चीनले नेपाल भुमीवाट पहिलो पटक ब्यापारिक गतिबिधि बढाएकाे हाे ।


