प्रतिनिधिसभाको आजको बैठकमा चार बिधेयक प्रस्तुत हुने

काठमाडौं, २२ साउन । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

 

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः०० बजेवाट बस्नेछ।

 

आजको बैठकमा राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति हरी ढकालले ‘नेपाल बिशेष सेवा ऐन, २०४२’को साबिकको ब्यवस्था जगाउने सबन्धी बिधयेक सबन्धी प्रतिवेदन, २०८३ पेश गर्नेछन् भने प्रधानमन्त्री बालेन्द्र शाहको तर्फवाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘संबैधानिक निकायको पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुबिधा सबन्धी (पहिलो संसोधन) बिधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने, प्रस्तुत गर्ने छिन । 

 

 

उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ बिधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्नेछिन भने महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संसोधन बिधेयक, २०८३  प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

 

साथै, ‘राहादानी (पहिलो संसोधन) बिधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।