धनकुटामा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ हर्चुवाबाट प्रहरीले बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सोमबार बिहान १०ः२० बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी गस्ती टोलीले पालिकाका विभिन्न स्थानमा गस्ती गर्ने क्रममा हर्चुवास्थित खहरे खोल्सीको ढुंगाको चेपमा लुकाइराखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारेको हो।
प्रहरीले भरुवा बन्दुक बरामद गरी जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

