धनकुटामा चार रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरि नष्ट
धनकुटा, २५ साउन । धनकुटामा प्रहरीले अवैध रूपमा लगाइएको गाँजा फडानी गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय भेडेटार तथा प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–८ र शहीदभूमि गाउँपालिका–७ का विभिन्न स्थानमा लगाइएको गाँजा फडानी गरेको हो।
प्रहरीका अनुसार करिब चार रोपनी क्षेत्रफलमा लगाइएका १ हजार ७११ गाँजाका बेर्ना तथा बोटहरू फडानी गरी नष्ट गरिएको छ।
प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा गाँजा खेती भइरहेको हुन सक्ने भन्दै त्यसविरुद्ध निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

