संघीय संसदमा भदौं २३ र २४ का घटनाका बारेमा छलफल हुदैँ
काठमाडौं, २६ साउन । संघीय संसद अन्तर्गतका दुई समितिका बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् ।
जसअनुसार सार्वजनिक लेखा समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा २०८२ भाद्र २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा छलफल गरिनेछ ।
साथै, आजै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ। जुन बैठकमा डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल गरिने कार्यसुचीमा उल्लेख गरिएको छ ।

