संसदीय समितिमा गृहमन्त्री र महिला मन्त्री जाँदै, ६ समितिको बैठक बस्दैँ

काठमाडौं, २७ साउन । संघीय संसद अन्तर्गतका ६ समितिको बैठक बस्दैँछ ।

 

संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।

 

जसअनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाहीसहित वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका, सोको समस्या एवं चुनौती र आयोगको सिफारिस कार्यान्वयनको अवस्थाका सम्बन्धमा छलफल हुनेछ ।

 

महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ः०० बजे देखी सुरू हुनेछ । बिभागीय मन्त्रीसहित उपस्थित हुने सो बैठकमा बालगृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरुको संस्थागत अवस्था तथा अनुगमन निष्कर्षमाथि छलफल गरिनेछ ।

 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पुरानै अजेन्डा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

 

सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्री सुदन गुरूङ उपस्थित रहनेछन । सो बैठकमा समितिमा प्राप्त गृह मन्त्रालयसम्बद्ध उजुरीउपर छलफल गरिनेछ । जुन बैठक दिउँसो १ः०० बजेका लागि तय भएको छ। 

 

साथै, बिकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा विगतका कोप सम्मेलनमा भएको निर्णय, सम्झौता र सोको कार्यान्वयनको अवस्था एवं कार्यान्वयन लागि नेपाल सरकारबाट भए गरेका कामकारवाही तथा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप ३१ मा सहभागिताको लागि नेपालको तयारी वारेमा छलफल हुनेछ ।

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖