सुदुरपश्चिमका मुख्यमन्त्रीमा भट्ट नियुक्त, आजै ३ बजे सपथ

धनगढी, २९ साउन। सुदूरपश्चिम सरकारको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् ।

 

नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बिच भएको सहमति अनुसार बहुमत जुटाए पछि नेकपा संसदीय दलका नेता भट्ट आज मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 

प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न आज बिहान ११ बजेसम्मको समय दिएका थिए, सोही अनुसार भट्टले भावी मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । तर, भट्टबाहेक अरू कसैका दावी पेश नभए पछि उनी निर्बिरोध रूपमा मुख्यमन्त्रीमा चयन भएका हुन । सुदूरपश्चिममा नेकपा २२ सिट सहित सबैभन्दा ठुलो दल र साथ एमालेको ११ सिट भए पछि उनले स्पष्ट बहुमत जुटाउन सफल भएका हुन ।
 

प्रदेश प्रमुख मियाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी आह्वान गरेका थिए ।  

 

सत्ता साझेदार दल एमालेसँग सल्लाह गरेर आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी आफु रहेको भट्टले जानकारी दिएका छन ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖