मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यू नियन्त्रण गर्नुहोस्ः बर्षमान पुन

काठमाडौं, २ भदौं । सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने आवाज उठेको छ।

 

नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले मन्त्रीहरूका गतिविधि र अभिव्यक्तिले जनतामा निराशा छाउँदै गएको भन्दै प्रधानमन्त्री शाहलाई नियन्त्रण गर्न सुझाव दिएका हुन । 

 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेकपा सांसद पुनले जनताको पक्षमा काम गर्नुपर्ने मन्त्रीहरूले अस्वाभाविक ब्यावहार र अभिव्यक्तिका कारण समाजमा नैरश्यता फैल्याउने काम भइरहेको बताए । उनका अनुसार ज्वरो आउँदा मन्त्रीले हेलिकोप्टर मगाउने, जनताले आफ्ना माग पूरा गरिदिनुस् भन्दा भोट फिर्ता लिनुस् भन्ने जस्ता अभिव्यक्ति मन्त्रीबाट आउनु सही छैन ।

‘एकातिर विपद् छ । रेस्क्यु गर्नुपर्ने छ, राहत पुर्‍याउनुपर्ने छ तर एकजना मन्त्री भ्रमणमा जानुहुन्छ, रुघाखोकी लाग्छ, अनि हेलिकोप्टर पठाइन्छ । रेस्क्युको काम हुँदैन । पुनःपस्थापनाको लागि काम हुँदैन र त्यहाँ पुर्‍याउने सामान पुग्दैनन् तर उहाँलाई सेनाको स्काई ट्रक प्रयोग गरेर काठमाडौं ल्याइन्छ । उहाँलाई के भयो भन्दा घरमा आराम गर्दै हुनुहुन्छ भनिन्छ,’  सांसद पुनले भने, ‘यस्तो गैरजिम्मेवार राज्य चल्न सक्छ ? यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु। आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्नुस्, नियन्त्रण गर्नुस् र विपदका स्थिति के भइरहेका छन् त्यसबारेमा काम गर्नुस् ।’

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।