बैंकबाट फोन गरेको भन्दै KYC अपडेटको नाममा ठगी गर्ने गिरोहका चार जना पक्राउ

काठमाडौँ । बैंकबाट फोन गरेको भन्दै KYC अपडेटका नाममा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पछिल्लो समय बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी ठगी गर्ने समूह सक्रिय रहेको थियो। गिरोहका सदस्यहरूले बैंकबाट बोलेको भन्दै फोन तथा ह्वाट्सएप कल गर्ने, KYC अपडेट गर्नुपर्ने भन्दै मोबाइलमा स्क्रिन सेयर गर्न लगाउने वा OTP कोड माग्ने गरेका थिए।

त्यसरी प्राप्त OTP तथा अन्य विवरणको प्रयोग गरी पीडितको बैंक खातामा अनधिकृत पहुँच पुर्‍याएर रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

साइबर ब्यूरोबाट गरिएको प्राविधिक विश्लेषणका आधारमा पहिचान भएका चार जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा चितवनबाट साउन ३१ गते पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बाराको देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका–१७ का २२ वर्षीय विद्यागार केवट र पर्साको वीरगन्ज महानगरपालिका–३ का २७ वर्षीय एक जना रहेका छन्।

पक्राउ परेकाहरूविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

प्रहरीले बैंक तथा वित्तीय संस्थाको नाममा फोन वा अनलाइनमार्फत OTP, पासवर्ड तथा स्क्रिन सेयर गर्न आग्रह गरिएमा त्यस्तो विवरण नदिन सर्वसाधारणलाई आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।