बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौंडा, ४ भदौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका प्रदेश सांसद किरण थापा मगर नियुक्त भएका छन् ।

 

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थनसहित बहुमत सदस्य पुराएलगतै थापा प्रदेश मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनमा दाबी गरेका एमाले सांसद थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

थापाले ६३ सांसदको समर्थनमा सरकार गठनका लागि दाबी गरे पनि सत्ता सहयोगी दल राप्रपा भित्र आन्तरिक बिबाद चलिरहेको बेला उनको नियुक्ती भएको हो । थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको छ । 

 

उता, थापा नियुक्ती भइरहदाँ यता केन्द्रमा भने राप्रपा कार्यसम्पादन समिति बैठकले पार्टी निर्णयविपरीत कदम चालेको भन्दै संसदीय दलका नेता उद्धव थापालाई संसदबाट पदमुक्त गर्ने र पार्टीको साधारण सदस्यताबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।