कर्मचारी दरबन्दी घटाउने निर्णय कार्यान्वयमा तीव्रता, निती तथा जना आयोगमा २९ कर्मचारी हटाइयो

एसके कर्ण ,जनकपुरधाम । मधेश प्रदेश सरकारले कर्मचारी दरबन्दी घटाउने निर्णय कार्यान्वयनमा तीव्रता दिएका छन् । 

पछिल्लो पटक मधेश प्रदेश सरकारले वित्तीय अनुशासन र प्रशासनिक सुधारका लागि खर्च कटौती गर्न न्यूनतम १५ प्रतिशत कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको छ । सो निर्णय बमोजिम अर्थमन्त्रालयले भदौ ३ गते  ३२ प्रतिशत कर्मचारी दरबन्दी घटाएको थियो । आज निती तथा  योजना आयोगको ६० प्रतिशत कर्मचारी दरबन्दी घटाइएको छ । 

 

निती तथा योजना आयोगमा ४९ वटा कर्मचारी रहेकोमा अब २० वटा कर्मचारी कायम गरिएको निती तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहले बताएका छन् । 

 

यस्तै अर्थमन्त्रालय तथा अन्तर्गतका निकायमा ९८ जना कर्मचारी दरबन्दी कायम रहेकोमा ३० प्रतिशत कर्मचारी दरबन्दी घटाउंदै ६९ वटामा कायम गरिएको थियो । मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाका अनुसार मन्त्रालयमा मात्रै ४७ जनामा घटाएर ३२ वटा कर्मचारी दरबन्दी कायम गरिएको थियो ।

यसैगरी मन्त्रालय  मातहतका प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयमा ४ जना, ७ जना कर्मचारी कायम रहेका इकाई कार्यालय महोत्तरी खारेजसहित लहान, पर्सा र रौतहटमा १÷१ जना कर्मचारी घटाइएको थियो  । 

अर्थमन्त्री युवराज भट्टराईले कर्मचारी बढीले भएकाले प्रदेश सरकारको आर्थिक बोझ कम गर्न कर्मचारीको दरबन्दी कटौती गर्ने निती लिइएको बताए । उनले भने यसबाट प्रदेश सरकारको प्रशासनिक खर्च घट्नुका साथै मन्त्रालयको कामकारबाही थप छरितो र प्रभावकारी हुने सरकारको विश्वास रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।