सूचना आदान गर्न विशेष टोली गर्न नेपाल भारतबीच सहमति

एसके कर्ण /जनकपुरधाम, ७ भदौं । महोत्तरीको जलेश्वरमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षा तथा व्यवस्थापन बारे समन्वयात्मक बैठक सम्पन्न भएको छ । 
बैठकमा सहभागी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार दुवै देशका सुरक्षाकर्मीहरुले गर्दै आइरहेको संयुक्त गस्तीका क्षेत्रहरु बढाउँदै सीमा अपराध नियन्त्रण लागि घटनाहरुको एक आपसलाई जानकारी साझा गर्ने विषयमा सहमति भएको छ । 

शनिवार सम्पन्न सो बैठकमा सुरक्षा अधिकारीबीच सीमा सुरक्षा सम्बन्धी सीमा हुने अपराध नियन्त्रण तथा रोकथाम, लागूऔषध कारोबार नियन्त्रण, सीमा स्तम्भको सुरक्षा, सीमामा हुने अन्य अपराधिक गतिविधि, अवैध हातहतियारको ओसार पोसार नियन्त्रण लगायतको विषयमा छलफल भएको उनले जानकारी दिएका छन् । 

उता भारतको सीतामढीका डीएम तनय सुलतानियाले दुवै देशबीचको सुरक्षाकर्मी मिलेर सीमामा हुने अपराधिक गतिविधिलाई अन्त्य गर्ने सहमति भएकोले आगामी दिनमा सुरक्षा व्यवस्था थप सुदृढ हुने विश्वास व्यक्त गरे । 

भारतीय अर्का अधिकारी सीतामढी डिस्ट्रिक्ट मजिस्ट्रेट तनय सुलतानियाले लागूऔषध ओसारपसार, मानव तस्करी, सीमा सुरक्षा, सीमा स्तम्भ मर्मत, बाढी नियन्त्रण लगायत सामाजिक मुद्दामा छलफलका साथै आगामी दिनमा लागूऔषध नियन्त्रण र सूचना आदानप्रदानका लागि विशेष टोली गठन गर्ने विषयमा पनि सहमति भएको जानकारी दिएका छन । 

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको सो सो बैठकमा समन्वयात्मक बैठकमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेस सागर, सीतामढी जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट तनय सुलतानिया र सीतामढीका सुपरीटेन्डेन्ट अफ पुलिस अमित रञ्जनसहितको उपस्थिति रहेको थियो ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।