रेड नोटिस जारी भएका जबरजस्ती करणीका फरार प्रतिवादी ओमनबाट पक्राउ

काठमाडौँ । जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाका एक प्रतिवादीलाई इन्टरपोलको रेड नोटिसका आधारमा ओमनबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–३ स्थायी घर भएका बिमल राजवंशी रहेका छन्। उनीविरुद्ध जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको थियो।

राजवंशीलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाले अनुरोध गरेको थियो। उक्त अनुरोधका आधारमा इन्टरपोल महासचिवालयले सन् २०२६ मे १३ गते राजवंशीविरुद्ध रेड नोटिस जारी गरेको थियो।

रेड नोटिस जारी भएपछि एनसीबी काठमाडौं र एनसीबी मस्कट, ओमनको समन्वय तथा संयुक्त पहलमा राजवंशीलाई ओमनबाट पक्राउ गरिएको हो।

पक्राउ परेका राजवंशीलाई एनसीबी काठमाडौंबाट खटिएको प्रहरी टोलीले कतार एयरवेजमार्फत नेपाल ल्याएको प्रहरीले जनाएको छ। उनी शनिबार बेलुका ४ः२९ बजे नेपाल आइपुगेपछि सम्बन्धित प्रहरीको नियन्त्रणमा लिइएको हो।

नेपाल ल्याइएका राजवंशीमाथि जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।