रसुवा बाढीका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने, गृहमन्त्रीले जानकारी दिने
काठमाडौं, १० भदौं । प्रतिनिधिसभाको बैठकमा आज हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहसँगको प्रश्नोत्तर कार्यक्रम रोकिएको छ ।
तिब्बतवाट नेपाल पसेको बितण्डकारी बाढीले धनजनको क्षति पुराए पछि आजका लागि तय भएको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो ।
तर, आजको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री सुधन गुरुङले भोटेकोशी र त्रिशुलीको बाढीले गरेको क्षतिका बारेमा प्रारम्भिक जानकारी भने गराउने भएका छन ।
जारी प्रतिनिधिसभाको बैठकमा बाढीपछि खोज, उद्धार र राहतका विषयमा भएका प्रयासबारे जानकारी गराउने छन् ।

