बाढीमा परी हराएकाहरू मध्ये अहिलेसम्म १८ को शव फेला

काठमाडौं, १० भदौं । भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण अहिलेसम्म कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टी भएको छ । 
 
तिब्बत क्षेत्रवाट नेपाल पसेको बाढी पछि भोटेकोशी र त्रिशुली नदीका तटीय क्षेत्रमा ब्यापक क्षति पुरयाउँदा सयौं सयौं व्यक्ति बेपत्ता भएका छन्।
 
प्रहरीका अनुसार रसुवामा एक जना, नुवाकोटमा सात जना, धादिङमा छ जना र गोरखामा चार जनाको शव फेला परेको हो । 
 
पर्यटन बोर्डले २९१ विदेशी नागरिकसहित करिब ४०० जना पर्यटक बेपत्ता भएको पहिचान गरेको जनाएको छ भने चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले चीनको नियन्त्रणमा रहेको तिब्बतमा पनि ठूलो जनधनको क्षति भएको रिपोर्टिङ गरिरहेको छ ।

परराष्ट्र मन्त्रीका अनुसार प्रारम्भिक जानकारीले भूकम्पका कारण हिमपहिरो जाँदा यो विपद् निम्तिएको सङ्केत गरेको छ भने नेपालस्थित अमेरिकी दूतावासले अधिकारीहरूले रसुवामा भीषण बाढी आएको जानकारी दिएको तथा भोटेकोशी, त्रिशूली र नारायणी नदी किनारका बस्तीहरूका लागि चेतावनी जारी गरेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।