तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कबिहिनः भारतीय बिदेश मन्त्रालय

नयाँ दिल्ली, ११ भदौं । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८ जना भारतीय बेपत्ता भएका छन् ।

 

भारतको विदेश मन्त्रालयका अनुसार नेपाल र तिब्बतमा आएको प्रलयकारी बाढी पछि २८८ जना भारतीय नागरिकहरूसँग सम्पर्क हुन नसकेको जनाएको छ।

 

बाढीका कारण तिब्बतमा करिब २०० जना भारतीय नागरिक अलपत्र परेका छन् र उनीहरूले उद्धारको प्रतीक्षा गरिरहेका छन् भनी भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आजको पत्रकार सम्मेलनमा बताएका छन्।

 

‘त्यहाँ केही मानिसहरू हराइरहेका हुन सक्छन् र हामी स्थानीय अधिकारीहरूमार्फत उनीहरूको खोजी गर्न हरसम्भव प्रयास गरिरहेका छौं,’ उनले आजको भने ।

 

जयसवालका अनुसार कैलाश पर्वतको पवित्र तीर्थयात्रा कैलाश मानसरोवर यात्रा का लागि नेपाल गएका २१ जना भारतीय नागरिकको भने उद्धार गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।